नारायणी नदीमा दुई वटा बेवारिसे शव फेला , दुर्घटनाग्रस्त बसका यात्रु भएको आशङ्का - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नारायणी नदीमा दुई वटा बेवारिसे शव फेला , दुर्घटनाग्रस्त बसका यात्रु भएको आशङ्का - Gandaki Express

 

असार २९ गते ।  नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् । 


गैँडाकोट नगरपालिका-७ गैरी स्थित नारायणी नदीको बिच भागको टापुमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेका दुई वटा शव फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 


अन्दाजी २५ र ३० को पुरुष व्यक्तिको शव फेला परेको भनी स्थानीय बोटेहरूले देखि प्रहरीलाई खबर गरेको र खबर पाउना साथ प्रहरी घटनास्थलमा खटिएको पौडेलले बताउनुभयो । 


घटनास्थलमा खटिएको प्रहरी टोलीले शव भएको स्थानमा जाने क्रममा सोही टापुमा घटनास्थलबाट १० फिट नजिकै अन्दाजी १८–२० वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव समेत घटनास्थल नजिकै पुरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । 


ती शवहरू सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुहरूको खोजी कार्य अझै जारी छ । 


यसअघि भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्र भेटिएको ऋषि पाल साह बसमा सवार यात्रु भएको प्रमाणित भएको थियो । मृतकका दाइले सो शव समेत बुझेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :