गएराति कास्कीमा पहिरोमा परी मृत्यु भएका पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका पाँच जनाको सामुहिक अन्त्येष्टी गरिएको छ ।
उनीहरुको सेती नदीस्थित चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो । घटनामा परी स्थानीय ४६ वर्षे कुलबहादुर परियार, उनकी श्रीमती वर्ष ४३ की मनकुमारी परियार, उनकी आमा वर्ष ८५ की लक्षीमा परियार, कुलबहादुरकी छोरी वर्ष १५ की प्रशना परियार, ५६ वषिया राधिका परियार, विवाह भएकी छोरी वर्ष २० की प्रभा परियार , उनका ज्वाई स्याङजा अर्जुनचौपारी निवासी वर्ष २५ का अस्मित परियार (ससुराली आउनुभएको) को ज्यान गएको थियो ।
घटनामा ज्यान गुमाउनुभएका सातमध्ये विवाह भएकी छोरी प्रभा र उहाँका ज्वाई अस्मित परियार बाहेक अन्य पाँच जनाको शुक्रबार चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो ।
प्रभा र अस्मितको शव यतिवेला मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । उहाँहरुको शवलाई गृह जिल्ला स्याङजा लैजाने तयारी गरिएको छ ।