कास्कीमा पहिरोका ३ घटना : एकै रातमा लियो ११ जनाको ज्यान - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कास्कीमा पहिरोका ३ घटना : एकै रातमा लियो ११ जनाको ज्यान - Gandaki Express


असार २८ गते । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

असार २८ गते । कास्कीमा अविरल वर्षाको कारण   छुट्टाछुट्टै तीन वटा घटनामा परेर  ११ जनाको ज्यान गएको छ ।


पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको घर पछाडिबाट पहिरोले पुर्दा ७ जनाले गुमाएका छन्  ।

पहिरोमा परेर पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ४६ का कुल बहादुर परियार, श्रीमती वर्ष ४३ की मनकुमारी परियार, आमा वर्ष ८५ की लक्षीमा परियार, छोरी वर्ष १५ की प्राशन परियार, माइत आएकी  चितवन घर भएकी  निजको छोरी वर्ष २० की प्रभा परियार, चितवन घर भएका  निजको ज्वाइँ वर्ष २५ का अस्मित परियार र घटनास्थलमा उद्धार गर्ने क्रममा लडेर टारी बस्ने वर्ष ५६ की राधिका परियार सहितले ज्यान गुमाएको कास्की प्रहरीले जनाएको छ  । त्यस्तै  ३१ वर्षीय   कुमार परियार, १७ वर्षीय  पवन परियार घाइते भएका छन् ।


त्यसै गरी ०२:१५ बजेको समयमा  पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा   ४० वर्षीय आरती घर पहिरोले बगाउँदा ३ जनाको ज्यान गएको छ । 


उक्त घटनामा  आरती ओझाकी १८ वर्षीय  छोरी अनिता ओझा र ११ वर्षीय अनुष्णका ओझा, दाइको छोरा करिब  ९ वर्षीय  प्रतीक सुवेदीको  ज्यान  गएको छ । त्यसतै घाइते भएकी आरतीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार उपचार भइरहेको छ ।


त्यसै गरी कास्की मादी गाउँपालिका वडा नं. ११ तल्लो थाप्ले स्थितमा  ८० वर्षीय  माइती कुमारी गुरुङको घर माथिबाट पहिरो आई पुरिँदा उनी मृत भेटिएकी छिन् भने सोही घरमा रहेका निजको छोरा करिब  ५५ वर्षीय  ओम ब. गुरुङलाई प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी नायव उपरीक्षक  वसन्त कुमार शर्माले  जनाएका छन्  ।


कास्कीमा बाढी पहिरो आए पछि उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा उद्धार टोली कास्कीको मादीमा पुगेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :