पोखरा - आफू प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी बताउँदै नक्कली धन्दा गर्ने सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुले चौर बस्ने २१ वर्षीय सुतिजले ह्वाट्स एप तथा टेलिग्रामद्वारा सम्पर्क गरी विभिन्न व्यक्तिहरूलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईँहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु” भन्ने र सर्वसाधारण सँग रकम माग गर्ने गरेको सूचना प्रहरीकोमा पुगेको थियो ।
क्षेत्रीलाई लामा चौरबाट पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।