सुनका गरगहना सहित लाखौँ रुपैयाँ चोरी गर्ने ४ जनाको गिरोह पोखराबाट पक्राउ - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

सुनका गरगहना सहित लाखौँ रुपैयाँ चोरी गर्ने ४ जनाको गिरोह पोखराबाट पक्राउ - Gandaki Express

Top Post Ad


साउन १६ गते पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा ४ जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना सिक्री १ थान, तिलहरी १ थान, औँठी ३ थान, रिङ ३ जोर, मोबाइल १ थान र नगद रु.१,७३,००० समेत गरी करिब   १४,०८,००० रुपैयाँ  बराबरका धनमाल चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा  कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहा चोक बस्ने वर्ष ४२ को सूर्य बहादुर घर्ती क्षेत्री, सोही पालिका वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्का बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर र पोखरा  वडा नं. ३ नदीपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका छन्  ।

उनीहरूलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन  म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.