कलेजका प्राध्यापकको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एकजना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कलेजका प्राध्यापकको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एकजना पक्राउ - Gandaki Express


साउन १६ गते । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।


मंगलबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ वर्षीय रञ्जन खड्कालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका खड्का काठमाडौँ ३२ का बासिन्दा  भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो । 


खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे सहितको समूहले रड र इट्टा समेत प्रहार गरी घाइते बनाएर बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :