इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले दिनुभएको जानकारी अनुसार जिल्ला जुम्ला कनका सुन्दरी गापा ७ गेकाबाडा घर भई हाल जिल्ला बाँके कोहलपुर १० कालिकानगर बस्ने वर्ष ६५ का हरि बहादुर डुडुवा खोलाबाट दाउरा निकाल्ने क्रममा बुधबार दिउँसो २ बजेर १४ मिनेटमा खोलाले बगाउँदा बेपत्ता हुनु भएको हो ।
उहाँले आफ्नो कमाण्डमा १५ जना प्रहरीको टोलीले बेपत्ता हुनुभएका हरि बहादुरको खोजतलास गरेपनि फेला नपारेको जनाउँदै सशस्त्र प्रहरी गण नेपाल राजश्व प्रहरी इकाई कोहलपुर बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक सर्वजित् थापाको कमाण्डमा रहेको ९ जनाको टोलीले खोज तलास गरिरहेको बताउनुभयो ।
वर्षाका कारण अहिले निरन्तर खोला र नदीमा पानीको बहाव बढ्दै गएकोले नदी तथा खोलामा नुहाउन वा दाउरा सङ्कलन गर्न नजान सर्वसाधारणसँग कोहलपुर इलाका प्रहरी कार्यालयले अनुरोध गरेको छ ।