असार २२ गते शनिबारको राशिफल - राशिफल (Rashifal)

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

असार २२ गते शनिबारको राशिफल - राशिफल (Rashifal)


मेष : समय राम्रो छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।


वृष : संघर्ष गरेर अगाडि बढ्ने दिन छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ। आफूले गरेका कामको उचित मूल्यांकन नहुने जोखिम देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले सहयोग गर्नेछन्।


मिथुन : समय राम्रो छ। नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुने देखिन्छ।


कर्कट : झुटो आरोपको सामना गर्नुपर्नेछ। राजनीतिमा विवाद हुनेछ। सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


सिंह : लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ।


कन्या : धनलक्ष्मी योग परेको छ। व्यापारबाट फाइदा हुने दिन हो। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ। परिवारसँगको भेटघाट रमाइलो बन्नेछ।


तुला : बोलीको प्रभावले राम्रा काम बन्ने योग छ। समाजसेवा र परोपकारमा मन जानेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ। परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ।


वृश्चिक : मन उदास बन्नेछ। अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।


धनु : समय रमाइलो छ। साथीको साथ मिल्नेछ। लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ। सामाजिक कार्यमा रमाइलो हुनेछ।


मकर : आफन्तसँग टाढै रहनु राम्रो हुन्छ। हरेक काममा झन्झट लाग्नेछ। कसैसँग तर्क नगर्नु राम्रो हुन्छ। साढे सातको दशाले घेर्दै लगेकाले यो समस्याले तपाईंलाई निरन्तर सताउने देखिन्छ। धार्मिक कार्यमा संलग्न भएर अगाडि बढ्नु राम्रो हुन्छ।


कुम्भ : थोरै बोल्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। जन्मकुण्डली हेरेर ज्योतिषको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ।


मीन : सोचेको काममा बाधा आइलाग्ने देखिन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा भन्दा कृषि र पशुपन्छीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको राम्रो साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :