आजको तपाइको राशिफल यसप्रकार छ - Aajako Rashifal

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आजको तपाइको राशिफल यसप्रकार छ - Aajako Rashifal


 मेष : भौतिक वस्तु जोड्ने समय छ। मनोरञ्जनमा समय खर्च हुनेछ। साथीहरु रुष्ट हुने योग छ। व्यापारमा घाटा हुनेछ। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ। परिवारसँग छलफल गरेर गरेको काम सफल बन्नेछ।

वृष : बोलीको प्रभावले धेरै काम बन्नेछन्। पुराना साथीसँग हुने वार्ताले काम गर्ने अवसर र अनुभव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा आफ्नो भनेको मान्छे फरक कित्तामा पुग्नेछ।


मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। समय अनुसार अगाडि बढेमा प्रगति हुने दिन छ। कुरा नबुझी बोल्दा विवाद बढ्ने देखिन्छ। कृषि कर्ममा लाभ हुनेछ। परिवारको साथ मिल्ने योग छ।


कर्कट : सम्पत्ति र कुर्सीको मोहले फस्ने योग छ। सत्य बोल्नु आवश्यक देखिन्छ। भूमि सम्बन्धी कारोबारले फाइदा हुनेछ। आफ्नो अगाडि कुरा काट्ने सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारले शंकाको नजरले हेर्ने भएकाले सचेत बन्नुपर्नेछ।


सिंह : दिन रमाइलो छ। लामो समय रोकिएका काम बन्नेछ। बहुमतको कदर गर्न नजान्दा समस्या हुनसक्छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्ने योग छ। आफन्तको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ।


कन्या : दैनिक काममा विवाद हुनेछ। लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नै परेमा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। मन शान्त हुनेछ।


तुला : प्रेममा सफलता मिल्नेछ। मनोरञ्जनतर्फ ध्यान जानेछ। राजनीतिमा न्यायको खोजी गर्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। कानुनी लडाइँमा सफलता मिल्नेछ।


वृश्चिक : खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। खर्च बढ्ने योग छ। भएको जोगाउने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ।


धनु : शिक्षामा अल्छीपनले अवरोध सिर्जना गर्नेछ। काम भन्दा अन्य कुरामा मन जानेछ। आफन्तको साथमा अगाडि बढाएको काम सफल बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ।


मकर : मेहनतको फल प्राप्त हुनेछ। एकसाथ नाम र दाम प्राप्त हुनेछ। राजनीतिमा घाटा हुनेछ। साथीले बहुमतले फसाउने भएकाले समूहगत काममा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


कुम्भ : नयाँ काम नगर्नु राम्रो हुन्छ। लगानी गर्ने इच्छा भए धैर्य गर्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नुहोला। परिवारको सहयोगले दैनिकी भने सहज बन्ने देखिन्छ।


मीन : समय राम्रो छ। बौद्धिक व्यक्तिको सुझाव लिएको कामबाट लाभ हुनेछ। सामाजिक काममा मान र सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा उत्साह बढ्नेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :