लगातारको वर्षासँगै गएको पहिरोले गुल्मीमा २ वटा घर पुर्दा ४ जनाले ज्यान गुमाए , केही घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लगातारको वर्षासँगै गएको पहिरोले गुल्मीमा २ वटा घर पुर्दा ४ जनाले ज्यान गुमाए , केही घाइते - Gandaki Express


साउन २२,  गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर  ४ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।


पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए । मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको प्रहरीले जनाएको छ ।


वेपत्ता भएकाहरुको खोजी कार्यको लागि प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ । पहिरोले वेपत्ताको खोजी कार्याको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको  थियो ।


गएरातीबाट गुल्मीमा वर्षात भइरहेकाले उद्धारमा समस्या भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :