डुबेर मर्नु र जलेर मर्नुमा फरक व्यवहार किन: गजल - मदन "गित"

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

डुबेर मर्नु र जलेर मर्नुमा फरक व्यवहार किन: गजल - मदन "गित"

 


 बुबा भन्नुहुन्छ त्यो बेला पर्थ्यो यो दराजको पाँच हजार 

अब केही वर्षमै पुग्छ एक किलो प्याजको पाँच हजार   



एक्लै मुस्किल भएर कामदार राखियो अल्छी परेछ      

हरेक दिन थमाउनुपर्छ काम न काजको पाँच हजार



आमा डुबेर मर्नु र जलेर मर्नुमा फरक व्यवहार किन        

छोरा बसको टिकेट ५०० थियो जहाजको पाँच हजार     



दश दिन हजुरकोमा दाउरा चिरेको छु,साँवा लिनुस्   

त्यही दाउरा चिरेकोबाट काट्नु ब्याजको पाँच हजार       



श्रीमतीको ओखतीलाई पैसा हुँदैन तर उ किन्न जान्छ

कुकुरको झोल माथि तैरिएको गाजको पाँच हजार



-मदन गीत

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :