विद्यालय गएका तीन जना बालिका घर नफर्किएपछि - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

विद्यालय गएका तीन जना बालिका घर नफर्किएपछि - Gandaki express


साउन २५, धादिङको निलकण्ठ माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन् । कक्षा ९ मा अध्ययनरत ती बालिकाहरू हिजो बिहान दश बजे विद्यालय गएका र त्यसपछि घर नफर्किएपछि उनका अभिभावकहरूले खोजीका लागि अनुरोध गरेको chh  ।


तीनै बालिकाहरूलाई खोजी गरिदिन उनिहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा आएपछि प्रहरीको समेत सक्रियतामा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताएका छन्  ।


सम्पर्कविहीन बालिकाहरुमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनिहरुका अभिभावकले बताएका छन् ।


बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर- ३ मा आफ्नै परिवारसँग बस्दै आएका हुन् । उनिहरुको खोजीका लागी प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :