टिप्परले ज्यान लिएपछि मृतकका आफन्तद्वारा सडक अवरुद्ध - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

टिप्परले ज्यान लिएपछि मृतकका आफन्तद्वारा सडक अवरुद्ध - Gandaki express


साउन २०, दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछी आफन्तहरुले सडक अवरुद्ध गरेका छन् ।


गएराती घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो ।


टिप्पर चालकलाई कारबाहीको माग गर्दै घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते कुल बहादुर बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।


टिप्पर चालकलाई कारवाही र पिडितलाई क्षतिपूर्तिको माग गर्दै पिडितका आफन्तले सडक अवरुद्घ पारेका हुन् । सडक खुलाउने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :