अवैध रुपमा नेपाल ल्याईएका ८८ थान मोबाईल फोन बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अवैध रुपमा नेपाल ल्याईएका ८८ थान मोबाईल फोन बरामद - Gandaki Express


साउन २०, पश्चिम नवलपरासीको सरावलबाट शसस्त्र प्रहरीले ३२ लाख रुपैयाँ बराबरको मोबाईल फोन बरामद गरेको छ । भारतबाट लुकाईछिपाई अवैध रुपमा नेपाल ल्याईएका ८८ थान मोबाईल सरावल गाँउपालिका वडा नम्बर ४ बडसारे बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।


४० थान आईफोन र पोको ब्रान्डका ४८ थान मोबाईल बरामद गरी महेसपुर भन्सार कार्यालयमा बुझाईएको शसस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।


एप्पल ब्रान्डका आईफोन १४, १३, १२ र ११ प्लस मोडल र पोको ब्रान्डका विभिन्न मोडलका महंगा फोन बरामद भएको वाग्लेले बताउनुभयो ।


अवैध रुपमा मोबाईल भित्र्याउने व्यक्ति भने प्रहरीलाई देखेपछि सामान छोडेर भागेको प्रहरीले जनाएको छ । मोबाईल ढुवानीमा प्रयोग गरेको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर लिलामिका लागी भन्सार कार्यालयमा बुझाएको छ ।


भारतीय बजारबाट नवलपरासी तथा सिमावर्ती जिल्लाका मोबाईल पसलमा चलनचल्तीको मुल्य भन्दा सस्तोमा विक्रि गर्ने उदेश्यले मोबाईलको तस्करी हुने गरेको छ ।


शसस्त्र प्रहरीले सिमावर्ती क्षेत्रबाट हुने विभिन्न अवैध ओसारपसार नियन्त्रणमा लिएर नयाँ आर्थिक वर्ष सुरु भएपछिको अवधिमा ८५ लाख २१ हजार राजश्व संकलन गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :