बाख्रालाई घाँस काट्न जङ्गल गएका एक पुरुष मृत फेला - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बाख्रालाई घाँस काट्न जङ्गल गएका एक पुरुष मृत फेला - Gandaki Express


 सर्लाहीको लालबन्दीमा घाँस काट्न जङ्गल जानुभएका खिलराज खड्का शनिबार बिहान मृत फेला पर्नुभएको छ । 


लालबन्दी नगरपालिका–७, का ६० वर्षीय खड्का जङ्गलमा मृत फेला पर्नुभएको हो । खड्का लालबन्दी नगरपालिका –८, स्थित सतभैया गाउँनजिकको लालबन्दी साझेदारी वनभित्र मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । 


उहाँ बाख्रालाई घाँस काट्न भनी शुक्रबार बिहान ९ बजेतिर घरबाट निस्कनुभएको थियो । खड्का साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए । 


प्रहरी र स्थानीय मिलेर खोजी गर्नेक्रममा शनिबार बिहान खड्काको शव बरामद भएको छ । साइकलमा घाँस बाँधिएको र त्यही स्थानमा ढलिरहेको अवस्थामा खड्काको शव फेला परेको प्रहरीले जनाएको छ । 


घटनास्थलमा पुग्नुभएका सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले खड्काको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएकाले घटना शङ्कास्पद नरहेको बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । पोष्टमार्टम रिपोर्टबाट खड्काको मृत्युको कारण खुल्ने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :