आजको मौसम पूर्वानुमान : केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आजको मौसम पूर्वानुमान : केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना - Gandaki Express


साउन २० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।


विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।


आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा  केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।  कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना  छ ।


आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन विभागले अनुरोध गरेको छ । 


विभागले भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा  हुरीको पनि सम्भावना रहेकोले सचेत रहन सबैमा आह्वान गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :