पोखरा - पोखरा १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको अन्त्येष्टि गरिएको छ ।
पोखरा महानगरपालिकाको वडा नम्बर २१ मा विद्यालयको बस दुर्घटनामा ज्यान गुमाएका बस सहयोगी आरती विक र उनको छोरा प्रिन्स विकको अन्त्येष्टि गरिएको हो ।
स्रोतका अनुसार विद्यालय प्रशासन र एन व्याब्सनबाट ११ लाख रुपैयाँ क्षतिपूर्ति भर्ने सहमति भएसङै शव अन्त्येष्टि गरिएको हो । उक्त रकम बिमा बाहेकको संस्थाले भर्ने क्षतिपूर्ति हो ।
क्षतिपूर्ति कै कुरालाई लिएर आफन्तले शव बुझ्न मानेका थिएनन् । मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिहरू लगायतको सहमतिबाट आज शव आफन्तले बुझेर अन्त्येष्टि गरेका हुन् ।
ग १ क ६२१९ नम्बरको बस अघिल्लो हप्ताको सोमबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर चालकसहित ३० जना घाइते भएका थिए भने आरती र प्रिन्सको ज्यान गएको थियो ।