मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जनाको ज्यान गयो - Gandaki Express


साउन १८ गते। नवलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० ईनरवा बसडिलुवाका २२ वर्षीय युवक गोरख राउत कुर्मीको चार तला माथिबाट खसेर मृत्यु भएको हो। 


प्रहरीका अनुसार कुर्मीले निर्माणाधीन भवनमा मार्बलको काम गर्नुहुन्थ्यो। कुर्मीको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :