भक्तपुरको बीच सडकमै भ्वाङ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भक्तपुरको बीच सडकमै भ्वाङ - Gandaki Express


 भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट हाईटस्थित बीच सडकमै भ्वाङ परेको छ । सडकमा झण्डै १० फिट गहिरो भ्वाङ परेपछि स्थानीय त्रसित बनेका छन् ।


सम्भावित दुर्घनाबाट जोगाउन अस्थायी रुपमा सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले सडक निरिक्षण गरेर भ्वाङ पुर्न सडक डिभिजन कार्यालय भक्तपुरलाई आग्रह गरेको बताउनु भयो ।


प्राबिधिक टोली र ठेकेदार कम्पनीलाई बोलाएर छलफल गरेको उहाँको भनाइ छ । सल्लाघारी दुबाकोट वीर अस्पताल सडक खण्डको दुवाकोट हाईटमा सडक भासिदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।


ठेकेदार कम्पनी रनिङ्गमै भएकाले सडकको जिम्मा उसैको भएको भन्दै यसको मर्मत ठेकेदार कम्पनस्ले नै गर्नुपर्ने सडक डिभिजन कार्यालय भक्तपुरको ठहर छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :