भारी मात्राको लागू औषध सहित पोखराको एक होटेलबाट दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भारी मात्राको लागू औषध सहित पोखराको एक होटेलबाट दुई जना पक्राउ - Gandaki Express


पोखरा , साउन १७ गते । कास्की प्रहरीले पोखराबाट  लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.९ न्यूरोड स्थित होटेल दीप दर्शनमा अवैध रूपमा लागू औषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

होटेल सञ्चालक जिल्ला तनहुँ शुक्ल गण्डकी नगरपालिका वडा नं.८ स्थायी वतन भई पोखरा म.न.पा. वडा नं. ९ न्यूरोड बस्ने  ३७ वर्षीय  इन्दु देवी श्रेष्ठ र सोही होटेलका मेनेजरको स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले होटेलको कोठाभित्र लुकाई छिपाई राखेको भारी मात्रामा लागू औषध समेत बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन सात म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।



बरामद लागू औषधको विवरण :-



1. Tapentadol Hydrochloride Capsules TAPLE-50 लेखेको हरेक बट्टामा १० पत्ता

रहेको र १ पत्तामा १० ट्याब्लेटका दरका १३६ बट्टामा रहेको १३६×१००=१३६००।–

(तेह्र हजार छ सय) ट्याब्लेट,

2. Tapentadol Tablets APENDOL-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा

१० ट्याब्लेटका दरले १६ बट्टाको १६×१००=१६००।– (सोह्र सय) ट्याब्लेट,

3. Tapentadol Tablets-50 mg Tenad-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा

२० ट्याब्लेटका दरले १३ बट्टाको १३×२००=२६,००।– (छब्बिस सय) ट्याब्लेट,

4. Tapentadol Tablets-75mg Tenad-75 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा

२० चक्कीका दरले २० वटाको २००×२०=४,०००।– (चार हजार) ट्याब्लेट,

5. Tapentadol Hydrochloride Extendend Release Tablets-100 TPall-Er-100

लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा १० ट्याब्लेटका दरले ११६ बट्टाको

११६×१००=११,६००।– (एघार हजार छ सय) ट्याब्लेट,



6. Tapentadol Tablets-100 mg Tenad-100 लेखेको हरेक बट्टामा १० पत्ता हरेक

पत्तामा २० ट्याब्लेटका दरले ४९ बट्टाको २००×४९=९८००।– (नौ हजार आठ सय)

ट्याब्लेट

7. Tapentadol-75mg को ४०००।– (चार हजार) ट्याब्लेट

8. Tapentadol-100 mg को २१४०० (एक्काइस हजार चार सय)

जम्मा कुल ४३,२००।– (त्रिचालिस हजार दुई सय) ट्याब्लेट र २ थान मोबाइल बरामद

भएको ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :