![]() |
फाइल तस्विर |
पोखरा, साउन १७ गते ।
पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टिमा बिद्युत् सर्ट भएर आगलागी भएको छ ।
३ कोठा भएको १ तल्ले कच्ची घरमा सोही ठाउँ बस्ने बस्ने अनन्त कत्तीलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट करिब २२ लाखको क्षति भएको अनुमान छ ।
सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगर कास्कीबाट १७ जनाको टोली खटिई गई स्थानीय व्यक्ति तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
मानवीय क्षति नभए पनि आगलागीबाट मेसिन, कपास तथा अन्य सामान पूर्ण रूपमा जलेर नष्ट भएको छ ।