जाजरकोट जिप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जाजरकोट जिप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो - Gandaki Express


साउन २३ गते । जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको सङ्ख्या दुई पुगेको छ । घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा भेरी नगरपालिका ६ का ८० वर्षीय कलिमान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलङ्गादेखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप हिजो दुर्घटना भएको थियो। दुर्घटना हुँदा हिजो उपचारको क्रममा चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको थियो । 


दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना घर्ती थिए । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :