बेपत्ता भएका दुई वर्षे बालकको शव खोला किनारमा फेला - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बेपत्ता भएका दुई वर्षे बालकको शव खोला किनारमा फेला - Gandaki express


साउन २३, पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट बेपत्ता भएका दुई वर्षे बालकको शव खोला किनारमा भेटिएको छ ।


स्थानीय रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेलिरहेको अवस्थामा हराएका थिए ।


बेपत्ता भएका बालकलाई घर छेउमा रहेको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमानसहित खोजा गर्दा आज कावासोती नगरपालिका-४ तिलाहास्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई कि.मि.को दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।


घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :