पोखरामा हतियार देखाई २० वर्षीय युवतीमाथि लुटपाट गर्ने ५ जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा हतियार देखाई २० वर्षीय युवतीमाथि लुटपाट गर्ने ५ जना पक्राउ - Gandaki Express


पोखरा -  धारिलो हतियार देखाई लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् ।  कास्की पोखरा म.न.पा. वडा नम्बर  ६ लेकसाइडमा वर्ष २० की एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा हतियार देखाई लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पोखरा महानगरपालिका वडा नं. १८ बस्ने  ३७ वर्षीय देवन गुरुङ, जिल्ला कास्की पोखरा  १८ बस्ने १९ वर्षीय  आजित रुचाल भन्ने हितमान सार्की, जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं.३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने  १८ वर्षीय  अनीश भट्टलाई  प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

उनीहरूले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी निजको साथमा रहेको दुई तोला बराबरको सुनको सिक्री थान १, नगद बाह्र  हजार र लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएका थिए ।

उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रङ्गको स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकलसहित सहित पक्राउ गरी खानतलासी गर्दा निजहरूको साथबाट उक्त सुनको सिक्री बिक्री गरी आएको रकम एक लाख तीन हजार पाँच सय समेत  बरामद भएको  प्रहरीले जनाएको छ  ।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने विकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद बि.क. र एस. पी. मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :