साउन ३२ गते । बागलुङको गलकोटमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।
गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार आज दरमखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् ।
गलकोट नगरपालिका-६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएको खबर छ ।
इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाका अनुसार बेपत्ता रमेशको खोजी कार्य भइरहेको छ ।