साथीहरू सँग पौडी खेल्न गएर बेपत्ता भएका १३ वर्षीय शिशिर मृत भेटिए - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

साथीहरू सँग पौडी खेल्न गएर बेपत्ता भएका १३ वर्षीय शिशिर मृत भेटिए - Gandaki Express


भदौ ३ गते । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ मानचोकका सुरज विकका छोरा १३ वर्षीय शिशिरको साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार कावासोतीस्थित चिलाहा पुच्छरमा रहेको हसौरा खोलामा अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए । 


खोलामा डुबेर बेपत्ता भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय वनलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :