पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा - Gandaki express


साउन २२, अविरल वर्षाका कारण पहिरो खसेपछि बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुलेको छ ।

आज बिहान तिनाउ- ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो पन्छाएर एकतर्फी सवारी आवागमन सुरु भएको हो ।

माथिल्लो भागबाट झरेको लेदो हटाएर हालका लागि सवारी पास गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालयको मेसिन उक्त स्थानमा तैनाथ अवस्थामा राखिएको छ । पानी नरोकिएको अवस्थामा पुन लेदो झर्ने हुँदा जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :