गोठमा लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुसमा लागेको आगोले एक हल गोरु र गाई जलेर नष्ट - Brighter khabar

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोठमा लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुसमा लागेको आगोले एक हल गोरु र गाई जलेर नष्ट - Brighter khabar


साउन २२ गते। गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन्। सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका- १४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लागेको आगोले एक हल गोरु र गाई मरेका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुस सल्कँदै जाँदा टिनले छाएको गोठ पूर्ण रूपमा जलेर ध्वस्त भई गोठ भित्र रहेका एक हल गोरु, गाई, सामुदायिक वनबाट काटेर राखेका सालका काठ र सिरक दशना समेत आगलागीमा परी ध्वस्त भएको उहाँले बताउनुभयो ।


पियोर गाउँमा एक्लो घर भएकाले कोही पनि मानिस नभएको मौकामा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई जानकारी गराई घटनास्थलमा प्रहरी आएपछि मुचुल्का उठाएर पठाएको गोरखा नगरपालिका – १४ वडा अध्यक्ष गोपाल थापाले बताउनुभयो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :