देशैभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

देशैभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह - Gandaki Express

साउन २२,  हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि

मध्यम वर्षाको सम्भावना रहेको छ ।


साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


आज राती प्रायः सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :