एकाबिहानै मान्छेमाथि आक्रमण गर्ने भाले बाघलाई दिनभर लगाएर नियन्त्रणमा लिइयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकाबिहानै मान्छेमाथि आक्रमण गर्ने भाले बाघलाई दिनभर लगाएर नियन्त्रणमा लिइयो - Gandaki Express


साउन २१ गते । चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । बाघको डार्ट टिङ्कुलाइजर सफल भएको  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  जानकारी दिए । 


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको जानकारी दिए  ।


आइतबार बिहान ५:२० बजे भरतपुर महानगर–२, बेलटाँडीका पशुपति श्रेष्ठलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो । आक्रमणपछि उक्त बाघ नजिकैको भरतपुर महानगर–१, नारायणगढ क्षेत्रको ढलको पानी प्रशोधनका लागि बनाएको नर्कट र केराको झाडीमा लुकेको थियो । 


बाघ खोजीका लागि प्रयोग गरिएका तीन हात्तीमध्ये दुई हात्ती बाघको गर्जनपछि भागेका र साँझ सौराहा क्षेत्रबाट थप दुई हात्ती ल्याएर खोजी कार्य सफल पारिएको थियो । दिउँसो भागेका दुई हात्तीमध्ये एउटा हात्ती भरतपुर–२६, सिसुवारमा फेला परेको तर अर्को हात्तीको खोजी भइरहेको छ । उक्त हात्ती भरतपुर–१९ पुगेको जानकारी निकुञ्जले दिएको छ । घाइते श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :