साउन २१ गते । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
कालोपुलस्थित कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान् श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेका हुन् ।
त्यस लगत्तै प्रहरीले ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीय उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको हो ।
रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी
साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।