मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४, अर्खले बस्ने अन्दाजी २२ वर्षीय निशान भट्टराई घाइते भएका हुन् ।
प्रहरीका अनुसार तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको धुर्कोट गाउँपालिका वडा नम्बर–४, जैसिथोक बस्ने अन्दाजी ३५ वर्षीय मानबहादुर सुनारले चलाएको लु १ च ३७३४ नम्बरको जिपले विपरीत दिशा अर्खलेदेखि तम्घासतर्फ आउँदै गरेको लु १० प १२६९ नम्बरको मोटरसाइकल दिउँसो करिब ३ः३० बजेको समयमा एकआपसमा ठक्किएका हुन् ।
घाइते भएका मोटरसाइकल चालक भट्टराईको दाँया खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।

