स्याङ्जा - स्याङ्जा वालिङमा अवैध लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नं.-०८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा दुई युवक अवैध लागु औषध सहित पक्राउ परेका हुन् ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख. ५८४ नं. बसमा सवार पोखरा महानगरपालिका वडा नं. -०९ बस्ने ३४ वर्षीय सुवास गुरुङ , पोखरा- ३ बस्ने २२ वर्षीय दिनेश सिंहलाई प्रहरीले भारी मात्रको लागु औषध सहित पक्राउ गरेको हो ।
साथै उनीहरूको साथबाट डाईजेपाम १९ एम्पुल , फेनरागन २० एम्पुल, नोर्फिम २१ एम्पुल गरी जम्मा ६० एम्पुल बरामद भएको छ ।
स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उनीहरू माथि थप अनुसन्धान कार्य भई रहेको छ ।