पोखरा यातायात प्रालिका सार्वजनिक बसहरूको प्रदूषण परीक्षण - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा यातायात प्रालिका सार्वजनिक बसहरूको प्रदूषण परीक्षण - Gandaki Express


साउन १९ गते , पोखरा । यातायात व्यवस्था कार्यालयले पोखरा महानगरपालिका भित्र सञ्चालित  पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरूको प्रदूषण  परीक्षण गरेको छ । 

पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८  बसको प्रदूषण परीक्षण गरिने समेत  कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था कार्यालयका अनुसार प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने छ ।

मापदण्ड अनुसार  परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने व्यवस्था  छ । साथै फेल भएका गाडी सञ्चालन गरेमा त्यस्ता सवारीले  यातायात  व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुने व्यवस्था छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :