एक करोड १७ लाख लिएर प्रभु बैंकका मेनेजर फरार - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एक करोड १७ लाख लिएर प्रभु बैंकका मेनेजर फरार - Gandaki express


साउन १७ गते । एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएकाे छ ।


बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती  मन्जु नेपालका नाममा रहेको  प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपियाँ गायब गरिएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताउनुभयो ।


बिर्तामोड  निवासी नेपालले  श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा  एक करोड १९ लाख रुपियाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो  खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उहाँले बताउनुभयो । 


बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको छ । मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा  उजुरी परेको छ । त्यसबारे बैङ्कका प्रबन्धक गणेशबहादुर बरालले  नेपालले  व्यक्तिगत  उजुरी हालेको बताउँदै बैङ्कले पनि केन्द्रबाटै  छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया सुरु गर्ने बताउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :