लागू औषध सहित पोखराकी एक युवती प्रहरीको नियन्त्रणमा - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लागू औषध सहित पोखराकी एक युवती प्रहरीको नियन्त्रणमा - Brighter Network


पोखरा-  लागू औषध सहित पोखराकी एक युवती पक्राउ परेकी छिन् ।  पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर जिमिरे बस्ने वर्ष २८ की सन्तु घर्ती मगरलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो । 

उनको घर कोठा खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद भएको प्रहरीले जनाएको छ । 

निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा  १० दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :