पोखरा- गण्डकी प्रदेश स्तरीय छेलो फाल्ने प्रतियोगितामा पर्वतका किरण सुनार विजेता भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पर्वतको कुस्मा –१२ ठूलीपोखरीमा आयोजित प्रतियोगितामा किरण विजेता बानाका हुन् ।
उनले आफ्ना ३७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजेता बनेका हुन्। त्यस्तै प्रतियोगितामा मिलन विक दोस्रो र सुभाष क्षेत्रीले तेस्रो बनेका हुन् ।
पहिलो स्थान प्राप्त गरेका किरणले नगद १० हजार, दोस्रो बनेका मिलनले सात हजार र तेस्रो बनेका सुभाषले पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।