सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले - Gandaki Express


पोखरा - शनिवार पोखरामा सम्पन्न पन्ध्रौँ साधारण सभा तथा आठौँ अधिवेशनबाट सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले निर्वाचित भएका छन् ।
 


अधिवेशनले काफ्ले सँगै उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्षमा बृहस्पति लम्साल र सह-सचिवमा केशव प्रसाद भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा  डिलकुमारी पौडेल, दीपकराज सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबिता सारू थापा, दया सागर पौडेल र विचित्र न्यौपाने सर्वसम्मत  निर्वाचित भएका हुन्  । 

त्यस्तै सामाजिक अध्ययन मञ्च कास्कीले केही समय अगाडी  आयोजना गरेको  प्रतिवेदन लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत  गरिएको थियो । 

मञ्चले सोही अवसरमा नेपाली संस्कार, संस्कृति, भाषा, साहित्य, शिक्षा तथा सामाजिक गतिविधिमा योगदान दिएका डा. गेहेन्द्रमान उदास 'पोखरेली' लाई सम्मान गरेको  थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :