बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाए , ११ बेपत्ता - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाए , ११ बेपत्ता - Gandaki Express


असोज १२ गते । बिहीबारदेखि सुरु भएको अविरल बर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् । बर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।


त्यस्तै, १० जनाको मृत्यु भएको, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ । सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गरेको जनाएको छ । 


पाँचथरको विभिन्न ठाउँहरुमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ । सो स्थानमा उद्धारका लागि १० जना सुरक्षा फौज खटिएका छन् । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ ।


धनकुटामा पहिरोका कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।


यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरुमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ । ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेको जनाएको छ । 


मोरङका विभिन्न ठाउँहरुमा डुवानमा परि ५८ स्थानहरुमा भौतिक क्षति भएको छ । २३ जनाको सुरक्षाकर्मीले एकसय ७६ जनाको सकुशल उद्धार गरेको जनाएको छ । यसैगरी रौतहटका १० स्थान डुवानमा परी भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धादिङमा खोलाले बगाई एक जना वेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन गरिएको छ । 


सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ । ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । ७ स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।


यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढिका कारण एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । १ हजार ४ चार ७४ जना सुरक्षाकर्मी उद्धारमा परिचालित छन् ।  २ सय २४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले १ जनाको मृत्यु भएको छ ।


ललितपुरमा ६ जना बेपत्ता भएका छन् । २ स्थानहरुमा भौतिक क्षति भएको प्रहरीको भनाइ छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली उद्धारमा परिचालित रहेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :