असोज १४ गते। धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर पहिरोमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–३ की सीता भट्टराईसहित उनका जुम्ल्याहा छोरा दीपेश र छोरी दीपिकाले ज्यान गुमाएका छन् ।
बुटवलको कालिका माविमा कक्षा १० मा अध्ययनरत थिए दुवैजना उनकी आमासहित बङ्गलादेशमा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बङ्गलादेश जानका लागि उनीहरू काठमाडौँ हिँडेका थिए ।
शनिबार बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिँदा त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको हो ।
सोहि गाडीमा उनीहरू समेत सवार थिए ।