ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र तनहुँ, पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ।
दाहालका अनुसार कास्कीमा दुई हजार २२१, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६, पर्वतमा एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।
प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा छ हजार ४८९, बागमती प्रदेशमा चार हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा ९९५, कर्णाली प्रदेशमा २२०, मधेश प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको छ।