पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा - Gandaki Express


आश्विन १५, सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फ खुलेको छ ।


पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको वडा नम्बर-२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण हिजो साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।


जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँलेकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो ।


पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ ।


सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई अनुरोध गरिएको छ । सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :