धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएकी उहाँको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
शव परीक्षणपछि अन्त्येष्टिका लागि आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

