गोरखामा एक युवतीको धा'रिलो ह'ति'या'र प्रयोग गरेर ह'त्या - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखामा एक युवतीको धा'रिलो ह'ति'या'र प्रयोग गरेर ह'त्या - Gandaki Express


आश्विन २४, गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिनुभयो ।


धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएकी उहाँको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।


मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


शव परीक्षणपछि अन्त्येष्टिका लागि आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :