इभी गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

इभी गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते - Gandaki Express


आश्विन २९, पाल्पामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।


तानसेन-रानीमहल सडक खण्ड अन्तर्गत तानसेन १, नारायणडाँडामा गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु १ ज ४९६८ नम्बरको इभी गाडी दुर्घटना भएको हो ।


दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका– ५ का १५ वर्षीय थमन बहादुर कार्की, सोही ठाउँकी ३३ वर्षीया करिस्मा कार्की, २६ वर्षीया सिर्जना घिमिरे, ३० वर्षीय ज्ञानेन्द्र गिरी र ५६  वर्षीया निमा गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पालपाले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक सुनिल मल्लले दिएको जानकारी अनुसार घाइते ५ जनामध्ये एक जनाको अवस्था मध्यम तथा अरु चारको अवस्था सामान्य रहेको छ  ।


घाइतेको  तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार जारी रहेको छ ।


१३ जना सवार रहेको उक्त गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किँन जाँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।


घटनाबारे थप  अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :