गए राति खोटाङ केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गए राति खोटाङ केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प - Gandaki Express


असोज २९ गते । खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भूकम्पको केन्द्र कुभिण्डेमा पनि हालसम्म कुनै क्षति भएको जानकारी नआएको त्यहाँका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । 


यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलवीरे केन्द्र बिन्दु भएर ३.६ म्याग्निच्यूडको र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्र बिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :