पोखरा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते , केहिको अवस्था गम्भीर - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते , केहिको अवस्था गम्भीर - Gandaki Express

 

मङ्सिर ७, पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।


वीरगन्ज बाट पोखरा आउँदै गरेको ग२ख १६२१ नम्बरको यात्रु बाहक बस चुरिया माई मन्दिर नजिकै ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् । घाइते मध्ये बारा पर्सेनी गाउँपालिका ३ बस्ने वर्ष ९ की जोनीशा कुँवरको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । अन्यको अवस्था मध्यम रहेको छ । सबै घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :