कास्कीमा गोली लागेर एक जना घाइते, भरुवा बन्दुकसहित दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कास्कीमा गोली लागेर एक जना घाइते, भरुवा बन्दुकसहित दुई जना पक्राउ - Gandaki Express


पोखरा , कास्कीको मादी गाउँपालिका वडा नं. ७  मेलबोटबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लिचु भन्ने जङ्गल नजिकै रहेको गाई गोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासि पड्किन जाँदा सोही स्थान बस्ने विनोद सुनार घाइते भई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको भन्ने सूचना  प्रहरीलाई प्राप्त भएको थियो ।

त्यसपछि वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई सोधपुछ गर्दा उक्त बन्दुक सोही ठाउँका साइँला भन्ने कुल प्रसाद वि.क. र सुमन तामाङले राखेको थाहा लागेको थियो ।

उक्त स्थानमा गई खोजतलास गर्दा कुल प्रसाद वि.क.को गाई गोठ भन्दा करिब १५० मिटर तल लिचु जङ्गलमा रातो कपडाले बेरेर लुकाई छिपाई राखेको अवस्थामा २ फिट २.५ इन्च लामो १ नाले भरुवा बन्दुक फेला पारी बरामद समेत गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त हातहतियारको ईजाजतपत्र कागजात नभएको हुँदा जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ७ मेलवोट बस्ने वर्ष ३२ को साइँला भन्ने कुल प्रसाद वि.क. र सोही ठाउँको पानी घाट बस्ने २२ वर्षीय  सुमन तामाङलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको  छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :