डिआर काफ्ले,
स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसानले अर्जुनचौपारी वडा नम्बर ३ आग्रीखर्कमा अवस्थित सरस्वती आधारभूत विद्यालयलाई १ लाख ३० हजार नगद सहयोग गरेको छ ।
स्याङ्जा जिल्ला भरिका विभिन्न विद्यालयहरूमा १३ लाख पचास हजार आर्थिक सहयोग गर्ने योजना अनुरूप संस्थाले सरस्वती आधारभूत विद्यालयलाई उक्त सहयोग गरिएको हो ।
कोरियालाई कर्मथलो बनाएर फर्किनु भएका सरस्वती आ. वि. का शिक्षक बुद्धि सागर काफ्ले , स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसानका वरिष्ठ उपाध्यक्ष रमेश काफ्लेका बुबा भेषराज काफ्ले र विद्यालयका प्रा अ ओम बहादुर गुरुङलाई विद्यालयमा एक समारोहकाबिच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
संस्थाले विगतमा फेदिखोला गाउँपालिकामा जिल्लाकै एक मात्र बालगृह भवन स्थापनार्थ आर्थिक सहयोग गरेको थियो । वालिङ माझ कोट स्वास्थ्य चौकीमा प्रसुतिगृह स्थापनार्थ आर्थिक सहयोग , साथै दुखी , पीडित , असहाय , विपन्न , दिर्घरोगी इत्यादि लाई विभिन्न किसिमका सहयोग तथा प्रदेशमा आएर अप्ठ्यारोमा परेका नेपालीहरूलाई हौसला एवं सहयोग प्रदान गर्दै आइरहेको छ ।
जिल्लाका विद्यालयहरूमा रकम सहयोग अभियान अन्तर्गत केही मा सम्पन्न भइसकेको र केहीमा यस्तै कार्यक्रमको अवसर पारेर हस्तान्तरण गरिने संस्थाले जनाएको छ ।
“स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै बिताऔँ परदेशी जीवन'' भन्ने नाराका साथ अगाडी बढेको संस्थाले उक्त सहयोग गरेको हो ।
२०२४ फेब्रुअरी १० कोरिया को महान् पर्व सालनाल को अवसर पारेर गरिएको “स्याङ्जा सुबान साङ्गीतिक धमाका'' बाट उठेको रकमबाट संस्थाले विद्यालयहरूलाई सहयोग गरेको हो ।
“प्रदेशिको हातेमालो ग्रामीण शिक्षामा उज्यालो” भन्ने उद्देश्यका साथ सम्पन्न भएको कार्यक्रमबाट सङ्कलित रकम विद्यालयहरूलाई सहयोग गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश काफ्लेले बताउनुभयो ।
उक्त सांस्कृतिक कार्यक्रममा पशुपति शर्मा , समीक्षा अधिकारी , शर्मिला गुरुङ , उर्गेन दोङ , प्रगति पुन मगर साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको उद्देश्य अनुरूप सहयोग प्राप्त गर्ने विद्यालयहरूको विवरण :
1. सरस्वती आधारभूत विद्यालय अर्जुनचौपारी ३ आग्रिखर्क - रु १ लाख ३०हजार
2. श्री जनमावि अर्जुनचौपारी ४ रापाकोट - रु. १ लाख ३०हजार
3. राष्ट्रिय मावि गल्याङ ७ - रु १ लाख ३००००
4. ज्ञानोदय मावि गल्याङ ९- रु १ लाख ३००००
5. राष्ट्रिय मावि आँधिखोला ३ - रु १ लाख २० हजार
6. कालिका प्रावि वालिङ ५ - रु ७० हजार
7. जेठी कन्या मावि वालिङ ४- रु ७० हजार
8. कन्या आधारभूत विद्यालय वालिङ ५- रु ७० हजार
9. महिमा उच्च मावि चिसापानी हरिनास २- रु ५० हजार
10. भानु मावि चापाकोट १- रु ३० हजार
11. भविष्य निर्माण उच्च मावि बिरुवा ४- रु ५० हजार
12. विश्व शान्ति आधारभूत विद्यालय पुतली बजार नगरपालिका ११- रु ५० हजार
13. जनसहयोग भाद्रनारायण आधारभूत विद्यालय फेदीखोला ४- रु १ लाख ३० हजार
14. जनहित मावि आँधीखोला १ पञ्चमूल - रु ७० हजार
15. बाल ज्योति आधारभूत विद्यालय काली गण्डकी ६ - रु ५०हजार
16. श्री राधा दामोदर ज्ञान ज्योति संस्कृत मावि चापाकोट ७- रु ७० हजार
यो सहयोगले जिल्ला भरिका ग्रामीण क्षेत्र का विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई टेवा पुग्ने अपेक्षा राखिएको संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश काफ्लेले बताउनु भयो ।