स्याङ्जा अर्जुनचौपारी ३ आग्रीखर्कमा अवस्थित सरस्वती आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जा अर्जुनचौपारी ३ आग्रीखर्कमा अवस्थित सरस्वती आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव सम्पन्न - Gandaki Express



स्याङ्जा,  स्याङ्जा अर्जुनचौपारी वडा नम्बर ३ आग्रीखर्कमा अवस्थित सरस्वती आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा  अभिभावक दिवस सम्पन्न भएको छ । 

विद्यालयले शुक्रवार विद्यालय प्राङ्गणमा एक समारोहका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक नारायण काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो । 

 गाउँपालिका उपाध्यक्ष सपना गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि देवी लम्साल , भूतपूर्व व्यवस्थापन समितिका अध्यक्ष मोहदत्त काफ्ले , छिमेकी विद्यालयका प्रतिनिधि , विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो। 

विद्यालय प्रधानाध्यापक ओम बहादुर गुरुङले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्नुभएको उक्त कार्यक्रममा  विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए 

शिक्षक बुद्धि सागर काफ्ले बाल क्लबका गतिविधिबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाइ पुरस्कृत गरिएको थियो  । 

विद्यालय शिक्षक नवीन काफ्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा चन्दादातालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सोही अवसरमा केही विद्यार्थीहरूलाई लायन्स क्लब अफ पोखरा पिस देउरालीले स्टेशनरी सामान प्रदान गरेको थियो । 

स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसानले विद्यालयलाई १ लाख ३० हजार नगद सहयोग गरेको थियो ।

विद्यालयले वार्षिकोत्सवको अघिल्लो दिन  वडा अध्यक्ष शोभाकान्त काफ्लेको प्रमुख आतिथ्यमा विभिन्न अन्तर विद्यालय स्तरीय कार्यक्रम सम्पन्न गरेको थियो । उक्त अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।  

विद्यालय अभिभावक सङ्घकी अध्यक्ष सिर्जना तिवारी चापागाईँको अध्यक्षता र वडा सचिव लक्ष्मी बस्याल र शिक्षा शाखा प्रतिनिधि लक्ष्मी खनाल रेग्मीको आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा हाजिरी जवाफतर्फ अर्जुनचौपारी चिल्ड्रेन्स प्रथम ,घन्टे मा वि द्वितीय र जना मा वि रापाकोट तृतीय भएका थिए भने वक्तृत्वतर्फ तर्फ अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी प्रथम, घन्टे मा वि द्वितीय र आयोजक सरस्वती आधारभूत विद्यालय आग्रीखर्क तृतीय भएका थिए ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :