मेरिगोल्ड अंग्रेजी आवासीय मा.वि.मा पुरस्कार वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मेरिगोल्ड अंग्रेजी आवासीय मा.वि.मा पुरस्कार वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न - Brighter Network


पोखरा, १५ नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अँग्रेजी आवासीय मा.वि.ले विद्यालयस्तरीय विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै एसईई दिएका विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


विद्यालयका संस्थापक अध्यक्ष मोतीराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शर्मिला गुरुङले विद्यार्थीहरूलाई सम्बोधन गर्दै पुरस्कृत विद्यार्थीहरूलाई बधाई तथा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरानुभयो । उहाँले विद्यालयको निरन्तर प्रगतिको लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा व्यवस्थापन पक्षको समान भूमिका रहने उल्लेख गर्नुभयो ।


कार्यक्रममा विद्यालयका म्यानेजिङ डाइरेक्टर डा. जस बहादुर गुरुङले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्दै शिक्षा नै उज्ज्वल भविष्यको आधारशिला भएको बताउनु भयो । उहाँले विद्यालयले शैक्षिक उत्कृष्टताको लागि निरन्तर प्रयास गरिरहेको भन्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि मेहनत गर्न आग्रह गर्नुभयो।


सोही अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयले सम्मानित गरेको थियो। प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। साथै, कक्षागत रूपमा सञ्चालित हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई समेत पुरस्कृत गरियो।


अतिरिक्त क्रियाकलाप प्रमुख डिल्ली राम काफ्लेले संचालन गरेको उक्त कार्यक्रममा छात्रछात्राहरूको सिर्जनात्मक क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको हस्तलेखन प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय तथा तृतीय स्थानका आधारमा पुरस्कार प्रदान गरिएको थियो। यसैगरी, आधारभूत तहको परीक्षा २०८० मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई विद्यालय प्रचार्य शर्मिला गुरुङद्वारा नगदसहित सम्मान गरियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :